१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


एनआईसी एशिया बैंकद्वारा मेसिनबाटै रकम जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सुरु


3.757k
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले मेसिनबाटै रकम जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सुरु गरेको छ ।

मंगलबार बैंकको कर्पोरेट अफिस थापाथलीमा सेवा सुरु गरिएको हो । सेवामार्फत अब ग्राहकले सहज रूपमा बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभयो ।

मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने रहेको र एक जनाको खातामा दैनिक अधिकतम ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने उहाँले बताउनुभयो ।

नगद जम्मा गर्नका लागि ग्राहकले मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने बक्स खुल्छ ।

बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल मौज्दात गरिदिने सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार त्यसको जानकारी समेत ग्राहक महानुभावहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त हुनेछ ।

तत्कालको लागि कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको यो सेवा निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना रहेको बैंकले जनाएको छ ।

साथै, क्यास रिसाइक्लर मेसिनबाट ग्राहकले दैनिक रूपमा एटिएम मेसिनबाट झैं सरल रूपमा नगद झिक्न समेत सक्ने व्यवस्था छ ।