
काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन,२०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा. रोजनाथ पाण्डेले बताउनुभयो । उहाँले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताउनुभयो ।
सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडे पश्चात् बैठकमा रहेका सांसदहरु उपस्थित संख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गर्नुभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्