१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारी र सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट


260
Shares

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न र मतदाता नामावलीमा उनीहरुको नामक समावेश गर्न माग गर्दै रिट दायर गर्नुभएको हो ।

मन्त्रिपरिषद्, गृहमन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइ दायर रिट निवेदनमा उनीहरुको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाउन विपक्षीको नाममा अन्तरिम आदेशसमेत माग गरिएको छ ।

उत्त मुद्दाको सुनुवाइको लागि सर्वोच्चले असार ३० गतेलाई पेशी तोकेको छ ।