२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


अध्यक्ष नेपाल र लिउबीच भेटवार्ता


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ ।

मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो ।

भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनुभयो । उहाँले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनुभयो ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट र चीनको कम्युनिष्ट जनवर्गिय संगठनका बारेमा पनि कुरा भएको बताउनुभयो । उहाँले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताउनुभयो । अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरु सँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गर्नुभयो । लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले दिव्पक्ष बीचको भेटवार्ता फलदायी भएको बताउनुभयो ।

अध्यक्ष नेपालले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरु एकतावद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राख्नुभएको बताउनुभयो । गत आइतबार ४ दिने नेपाल भ्रमणमा आउनुभएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ ।