२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगामा घँगारु उपयोगविहीन


1.976k
Shares

ओखलढुंगा । ओखलढुंगाका गाउँघरमा पाइने घँगारु उपयोगविहीन बनेकाे छ ।

उपयोगमा नल्याउँदा गाउँघरमा पाइने कतिपय यस्ता रैथाने फल त्यसै खेर गइरहेको हाे । यस्ता फल संकलन गरेर बिक्री वितरण र खाद्य पदार्थ निर्माण गर्ने हो भने पर्याप्त मुनाफा लिन सकिने अवस्था छ । विशेषगरी जिल्लाका लेकाली भेगका जंगलमा असारदेखि भदौसम्मको सीजनमा घँगारु लटरम्म फल्ने गर्छ ।

रैथाने फलको संरक्षण र प्रवर्द्धनमा कसैले चासो नदिँदा घँगारुको फल र काठ दुवै खेर गइरहेको खिजीदेम्बा गाउँपालिका-५ का स्थानीयबासी कवि श्रेष्ठले बताउनुभयो । जिल्लाका धेरैजसो घरेलु तथा साना उद्योगहरु आयातित कच्चा पदार्थको भरमा चलिरहेका छन् ।

जंगलमा पाइने घँगारु, ऐँसेलु, काफलजस्ता रैथाने फल तथा जडीबुटीहरुबाट विभिन्न उद्योगहरु सञ्चालन ल्याउने हाे भने यहाँका स्थानीयबासीको जीविकोपार्जनमा समेत टेवा पुग्ने सम्भावना रहेकाे छ ।