१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता समस्या समाधानका लागि नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल


208
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।

सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरूको तत्काल छानविन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिनुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उहाँले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा तथा संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीर्ण गरेकालाई नेपालको कृत्रिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

सांसद सुवालले संघ र प्रदेशको अलग–अलग नेपालको नागरिकताको व्यवस्था गर्नु उचित हुने धारणा समेत राख्नुभयो ।

सांसद सुवालले नागरिकता विधेयक देशको सार्वभौमिकतासँग जोडिएकाले स्थानीय तहका जनताको सुझावलाई समेत लिएर अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।