८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मलेसियामा कोरोना संक्रमित बढ्दो, एकैदिन २३ सय ४५ मा संक्रमण


52
Shares

एजेन्सी । मलेसियामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

पछिल्लो समय एकै दिन २ हजार ३ सय ४५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना सुरु भएयता हालसम्म कोभिड संक्रमितको संख्या मलेसियामा ४६ लाख ७ सय बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विदेश भ्रमणबाट फर्केका ३ जनामा कोरोेना देखिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूमा परीक्षण गर्दा २ हजार ३ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण त्यहाँ तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८ सय १९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।