२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमती र गण्डकी राष्ट्रपति रनिङ सिल्डअन्तर्गत पुरुष भलिबलको फाइनलमा


234
Shares

काठमाडौं । १२ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेश दोहोरो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको भएको पुरुष तर्फको समूह चरणको खेल गण्डकीले बागमती र सेमिफाइनलको अर्को खेलमा कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो ।

दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम खेलमा बागमतीलाई २५–० र २५–२० को सेटमा पराजित गर्दा अर्को सेमिफाइनल खेलमा कर्णालीलाई २५–१५ र २५–१७ ले हराएर अन्तिम दुईमा स्थान बनाएको हो ।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बनी प्रदेशलाई समान २–० को सोझो सेटमा स्तब्ध बनायो । महिला तर्फको खेलमा भने बागमती प्रदेशले पनि दोहोरो जित निकाल्यो ।

समूह चरणको खेलमा सुदूरपश्चिमलाई हराएको बागमतीले गण्डकीलाई पनि हराउँदै फाइनलमा प्रवेश ग¥यो । अर्को खेलमा लुम्बिनीले कर्णालीलाई पनि सोझो सेटमा स्तब्ध बनायो ।

फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगितामा पाँच प्रदेशले सहभागिता जनाएका छन् । प्रदेश १ र मधेस प्रदेशबाट प्रतिनिधित्व छैन ।