२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुस–युक्रेन खाद्यान्न निकासको सम्झौता नजिक


2.678k
Shares

काठमाडौं । भीषण संघर्षका बीच रुस र युक्रेन खाद्यान्न निकासीको सहमति नजिक पुगेका छन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनबाट खाद्यान्न निकासी हुन सकेको छैन । जसका कारण विश्वभर खाद्यान्नको मूल्य आकाशिएको छ । कृष्णसागरस्थित युक्रेनी बन्दरगाहमा लाखौं टन खाद्यान्न फसेको छ ।

दक्षिण पूर्वी युक्रेनमा रुसी बमबारी जारी रहेकै बेला टर्कीमा राष्ट्रसंघीय मध्यस्थतामा भएको वार्तामा देखिने गरी प्रगति भएको बताइएको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले खाद्यान्न निर्यात गर्न दिने रुसी संकेतले आसाको किरण देखाएको बताउनुभएको छ । यद्यपी अझै पूरै सहमति भने भईनसकेको उहाँले बताउनुभयो ।

युद्ध अन्त्य गर्नका लागि वार्ताको संभावनाबारे सोधिएको प्रश्नमा महासचिव गुटेरसले त्यसका लागि अझै लामो यात्रा तय गर्नुपर्ने बताउनुभयो । खाद्यान्न निर्यातका लागि रुसले मार्ग प्रशस्त गरेको खण्डमा कृष्णसागरस्थित ओडेसा बन्दरगाहमा फसेको २ करोड टन खाद्यान्न तत्काल निकासी हुन पाउने छ भने युक्रेनसँग रहेको अरू खाद्यान्न पनि विश्व बजारमा जान पाउने छ ।

यसैबीच, रुसले आफ्नो सेना दोनेत्स्कको सिभक्र्स शहरमा प्रवेश गरेको दाबी गरेको छ । रुसी सेनालाई लुहान्स्कको पृथकतावादी लडाकु समुहले पनि सहयोग गरिरहेको छ ।