
फाइल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले प्रतिनिधिसभा र राष्ट्रियसभा बीचमा ठूलो विभेद भएको आरोप लगाउनुभएको छ ।
सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ ।
उहाँले प्रतिनिधि सभाका सांसदहरूको हरेकको नाम भनेर समाचार आउने भए पनि राष्ट्रिय सभाको सांसदहरूलाई विभेद गरेर नाम नै नआउने गरेको आरोप लगाउनुभयो ।
उहाँले समाचारमा विभेदको नीति अत्यधिक भएको भन्दै बैठक बस्यो र सकियो भन्ने मात्रै सरकारी सञ्चार माध्यममा समाचार आएको बताउनुभयो ।
उहाँले राष्ट्रिय सभालाई अहिलेकै विभेद कायम राख्ने भए खारेज गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले उपाध्यक्ष र अरु पदाधिकारीका बारेमा समेत सरकारको ध्यान नगएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्