
काठमाडौं । सांसदहरूले समितिबाट पारित संसदमा अड्किएका विधेयक तत्काल पास गर्नुपर्ने बताएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र विधेयकहरू अड्कँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भएकाले संसदमा रहेका विधेयकहरू तत्काल पारित गर्नुपर्ने बताए ।
बैठकमा एमालेकी सांसद विन्दा पाण्डेले समितिबाट पारित गरेर संसदमा पठाएका विधेयक तत्काल पास गर्नुपर्ने बताउनुभयो । उहाँले समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले संसदमा अड्केर बसेका विधेयक तत्काल पास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समितिबाट गएका धेरै विधेयक अड्काएर राखेको भन्दै सरकार र संसद सचिवालयले भएका विधेयक पास गर्ने कुरामा कुनै इच्छा नदेखाएको बताउनुभयो ।
सांसद राजभण्डारीले अध्यादेशमार्फत आउने विधेयक सरकारले रातदिन नभनि पास गरेको भन्दै समितिबाट पठाएका विधेयक पास गर्न आनाकानी गरिरहेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्