
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
डा. महतले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रूपमा जानकारी गराएको बताउनुभयो ।
प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निश्कर्ष निकालेर निर्णय गर्ने जनकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्