१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गरेका हौं : नेता केसी


2.236k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाउनुभएको छ ।

बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले नीति निर्णयको प्रक्रियामा न्यायोति साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो ।

नेता केसीले आफूसँग महाधिवेशमा पराजित डा. शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताउनुभयो ।

पदाधिकारीहरू बोलाएर गुटको भेला गरेको प्रश्नमा उहाँले पार्टी केन्द्रीय कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताउनुभयो ।

नेता केसीले अहिले पार्टीमात्र नभई लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर गएको बताउनुभयो । उहाँले देश एकपछि अर्को चक्रव्यूहमा फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रूपमा नेपाल फसेको टिप्पणी गर्नुभयो ।

नेता केसीले नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका विरुद्ध उत्रिएको कांग्रेसले अहिले पुनः सोही कार्य दोहाेर्‍याएको बताउनुभयो । देश आर्थिक संकटोन्मख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार किन खरिद गर्नुपर्‍यो भन्दै प्रश्न गर्नुभयो ।

नेता केसीले सहमति, एकता, मेलमिलाप गर्नु आत्मसमर्पण गर्ने नभएको उल्लेख गर्दै नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी गर्न सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो ।