१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभापति देउवालाई नेता निधिको सुझाव– ‘पार्टीभित्र पनि गठबन्धन गर्नुहोस्’


481
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिनुभएको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

नेता निधिले आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरूलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जानुपर्ने बताउनुभयो ।

निधिले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई कांग्रेसले नै समाधान गरेर अघि बढ्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनुभयो ।

नेता निधिले नेपाली कांग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।