
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रीत गर्नुपर्ने कुरा उठेको बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताउनुभयो ।
सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरूले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताउनुभयो । उहाँले आगामी दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरूले कुरा राखेको बताउनुभयो ।
सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्