
काठमाडौं । विश्वभर थेरवाद बौद्ध परम्परा अनुसार वर्षावास सुरु भएको छ ।
असार पूर्णिमादेखि अनुकुल समयमा ३ महिना सम्म थेरवाद बौद्ध भिक्षुहरु वर्षावास बस्ने गर्छन् । नेपालको विभिन्न विहारमा पनि वर्षावास सुरु भएको छ ।
लुम्विनीस्थित राजकीय थाइ विहारमा बिहीबार विशेष बौद्ध पाठ सहित वर्षावास सुरु गरिएको छ ।
थाई भिक्षु फ्रा श्रीबोधिविदेस सुफोट नेतृत्वमा आएका थाइ भिक्षु सहितका भिक्षुहरु वर्षावासमा बसेका हुन् । सो अवसरमा लुम्बिनीमा रहेका भिक्षु, भिक्षुणीलाई भोजन दान समेत गरिएको थियो ।
म्यानमारको गोल्डेन टेम्पल, श्रीलंकन विहार, भारतको महाबोधी सोसाइटीको विहार, कोम्बोडियाको विहारमा भिक्षुहरु वर्षावास बसेका छन् ।
थेरवार बौद्ध धर्ममा विनय पालन कमजोरीबाट प्रायश्चित गरि कुशल कार्य गर्न वर्षावास बस्ने चलन बुद्ध काल देखि चल्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्