२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा पहिराेका कारण ५ घर जाेखिममा


156
Shares

ओखलढुंगा । सडक निर्माण भएपछि सुरु भएको पहिरोले ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ लामीस्वतीका पाँच घर जोखिममा परेका छन् ।

माने खोलाको नजिकैबाट झर्न थालेको पहिरो विगत ८ वर्षदेखि रोकिएको छैन् । पहिरोका कारण केशरबहादुर भुजेल, सन्तोष भुजेल, जमानसिं भुजेल, शम्भुराम भुजेल र प्रवीण भुजेलको घर जोखिममा परेकाे छ ।

मिलनचोक-लामीस्वती-सप्नावती हुँदै रुम्जाटार जोड्ने सडकका कारण पहिरो निम्तिएको स्थानीयबासीले बताएका छन् । पहिरोले सडक मुनि र सडक माथि दुवैतिर क्षति गर्न थालेको छ । पहिरो नियन्त्रणका लागि सानातिना प्रयास भएपनि प्रभावकारी हुन सकेको छैन् ।

यहाँका स्थानीयले पहिरो नियन्त्रण गर्नको लागि माग राख्दै आएका छन् ।