
पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् ।
भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको यो सडक धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व राख्ने भएपनि सरकारले प्राथमिकतामा राख्न नसक्दा निर्माण कार्य पूरा हुन नसकेको हो ।
नेपाल सरकारले आर्थिक वर्ष ०६५/०६६ मा तीन वर्षमा सकिने गरी प्रस्ताव गरेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् । यो सडक भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको सडक हो । सडकले धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व राख्ने भएपनि सरकारले महत्व नदिँदा निर्माण कार्य पूरा हुन सकेको छैन् ।
समयमा बजेट उपलब्ध हुन नसक्नु, अर्थ मन्त्रालयद्वारा समय सुनिश्चित नगरिनु, चट्टाने पहाड फुटाउन विष्फोट पदार्थको व्यवस्थापन हुन नसक्दा निर्माण कार्य पूरा हुन नसकेको हो । गत वर्षदेखि भने गति लिन लागेको छ । पूर्वी नवलपरासीको गैडाकोट–देवघाटदेखि पाल्पा, स्याङजा, गुल्मी, पर्वत र बागलुङ्ग मुस्ताङ हुँदै चीनको कोरोला जोड्ने यो सडकको लम्बाई चार सय ३५ किलोमिटरमा पहिलो चरणको ट्याक खोल्ने कार्य सम्पन्न भइ स्तरनोन्नतिको कार्य अगाडि बढेको छ ।
हिन्दु धर्मालम्बीहरूको पवित्र स्थल देवघाट, रुरु क्षेत्र, गलेश्वर धाम हुँदै मुक्तिनाथ जोड्ने सडक खण्डको पहिलो चरणको निर्माण कार्य पूरा भएपछि करिडोर किनाराका बस्ती झाङ्गिदै गएको छ । उत्तरदेखि दक्षिण जोड्ने एक मात्र कम दूरीको यो सडकको पहिलो चरणको कार्य सम्पन्न भएपछि तराई पुगेकाहरू गाउँ फर्किन थालेका छन् ।
निर्माण परियोजना कार्यान्वयन खण्डमा लगातार अस्वाभाविक रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण समस्या उत्पन्न भएको निर्माण व्यवसायी पुरुषोतम पौडेलको भनाइ छ । तीन वटा मुलुक जोड्ने यो सडकखण्ड स्तराेउन्नतिको क्रममा रहेको र यसका लागि ठेक्का प्रक्रिया अगाडि बढी सकेको परियोजना पाल्पाका सूचना अधिकारी पवित्र मणि आचार्य बताउनुहुन्छ ।
अरबौंको लागतमा निर्मित यस सडकको माध्यमबाट जनताको जीवनस्तर माथि उकास्नका लागि कृषि र पर्यटनको विकास पनि गराउन सके यस्ता सडक निर्माणले सार्थकता पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्