
रौतहट । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको बागमती नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुवैजना ज्ञानोदय इंग्लिस बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् । सोही स्कुलमा अध्यनरत ६ जना विद्यार्थी बिहीबार बागमती नदीमा नुहाउन जाँदा दुई जना बेपत्ता भएका थिए ।
शुक्रबार विहानैदेखि नदीमा उनीहरूको खोजी भइरहे पनि दुर्गाभगवती गाउँपालिका–३ देखि दक्षिणमा दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुल नजिक झाको शव भेटिएको हो ।
हिजोदेखिनै उनीहरूको खोजतलासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानीय सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस्