
काठमाडौं । जन्मजात अपाङ्गता भएका सञ्जय चौधरीको नयाँ ह्वीलचियर पाउने सपना गत बुधबारको आगलागीले चकनाचुर भएको छ ।
राजधानीको सुन्धारामा फुटपाथ पसल थापेर बसेका उनको ह्वीलचियर निकै पुरानो र जीर्ण बनेका कारण राष्ट्रिय अपाङ्ग कोषमा समन्वय गरी नयाँ ह्वीलचेयर पाउने पक्का भइसक्दा उनको ह्वीलचियर आगलागीले खरानी भएको ।
तैपनि सहयोग पाइन्छ कि भनेर आशंकासाथ खरानी भएको ह्वीलचियरको गोदाम टाढैबाट नियाल्न पुगेका छन् । सामाजिक सञ्जालमार्फत आगलागीको घटना थाहा पाएका उनको एकमात्र सहारा भनेको नै ह्वीलचियर हो । जीर्ण भएको ह्वीलचियरले कतिसम्म साथ दिन्छ भन्ने चिन्ता उनमा छ ।
चौधरी त उदाहरण मात्र हुन् । देशका हजारौं अपाङ्गता भएका व्यक्तिहरूले ह्वीलचियरलाई आफ्नो जीवन डोर्याउने सहारा बनाएका थिए । तर, कोषको गोदाममा गत बुधबार आगलागी हुँदा करोडौंको क्षति हुन पुग्यो ।
समाज कल्याण परिषद र राष्ट्रिय अपाङ्गता कोषका कृत्रिम मानव अंगहरूका साथै ह्वीलचियर जलेर नष्ट भएपछि आफूहरू नै अपाङ्ग भएको राष्ट्रिय पुनःस्थापना केन्द्रका अध्यक्ष यामनाथ मैनाली बताउनुहुन्छ ।
त्यसो त यस कोषसँग सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आगलागी कारण ब्यहोर्नुपरेको क्षतिले चिन्तित छ । हजारौंले कृत्रिम अंगको अर्डर गरिसेकेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल राहतका लागि पहल गर्ने स्वास्थ्य मन्त्रालयका रविन्द्र बाँस्कोटा बताउनुहुन्छ ।
गत बुधबार दिउँसो भृकुटीमण्डपस्थित गोदाममा लागेको आगो नियन्त्रणका लागि ३ घण्टाको समय लाग्दा सम्पूर्ण सामान जलेर खरानी भएको थियो । काठका सामग्री भएका कारण आगो छिटो फैलिएको थियो । अझ दमकल जाने बाटोसमेत साँघुरो हुँदा झन् बढी क्षति व्यहोर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्