
काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार उपसभामुखमा कांग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाइ राख्नुभएको हो ।
प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा भुसाल निर्वाचित हुनुभएको बताउनुभयो ।
सांसद घर्तीले नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्