
काठमाडौं । विशेष अदालतले यो वर्ष इतिहासमै सर्वाधिक मुद्दाको फैसला गरेको छ ।
अदालतले शनिबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको असार मसान्तसम्म फर्छ्यौट गर्नुपर्ने ७ सय ८१ मुद्दामा ३ सय ३९ थान अर्थात ४२ दशमलब ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतले मिसिल, प्रमाण र कानुनकै आधारमा फैसला गर्ने बताउँदै अनुसन्धान अभियोजन प्रभावकारी नभएसम्म फैसला प्रभावकारी नहुने उल्लेख गर्नुभयो ।
उहाँले कुनै पनि मुद्दामा फैसला गर्दा आफूले जानीजानी त्रुटि नगरेको जिकिर गर्दै त्रुटि प्रमाणित भए कारवाही भोग्न तयार रहेको स्पष्ट पार्नुभयो ।
विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले अदालतका पूर्वाधार, ऐनबमोजिम तोकिएको सुविधाको सुनिश्चितता र नियमावली अभावले दैनिक कार्यसञ्चालनमा समेत समस्या भएको बताउनुभयो ।
अदालतको कामकारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन प्रयत्नशील रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्