
एजेन्सी, बैशाख २६ । अमेरिकामा बेरोजगारको संख्या ह्वात्तै बढेको छ । अहिलेसम्म तीन करोड ३३ लाख व्यक्तिले आफू बेरोजगार बनेको भन्दै सरकारसमक्ष भत्ताका लागि निवेदन दिएका हुन् ।
पछिल्लो पटक भत्ताका लागि निवेदन दिनेको संख्या ३२ लाख थपिएसँगै बेरोजगारको संख्या तीन करोड ३३ लाख नाघेको हो । कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु बन्द हुँदा बेरोजगारी दर बढेको जनाइएको छ ।
अमेरिकामा गत मार्च मध्ययता बेरोजगारको संख्या तीन करोड ३३ लाख पुगेको हो । यो त्यहाँको श्रमयोग्य व्यक्तिको करिब २० प्रतिशत हो ।
अमेरिका संसारमै सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने देश हो । मृत्युको संख्या बढी भएपनि त्यहाँ क्रमशः लकडाउन खोल्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्