२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पत्रकार जमालको हत्या प्रकरणमा आफू दोषी नभएको राष्ट्रपति बाइडेनको दावी


8.528k
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन साउदी अरेबियाको भ्रमणमा रहनुभएकाे छ ।

उहाँले साेही भ्रमणमा युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय समेत उठाएको बताउनुभएको हाे। उहाँले सोही हत्या प्रकरणमा आफू व्यक्तिगत रुपमा दाेषी नभएको पनि बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेन यसअघि बिग्रिएको सम्बन्ध सुधारका लागि साउदी भ्रमणमा रहनुभएको छ ।

सन् २०१८ मा हत्या गरिएका पत्रकार खशोग्गीको विषयमा आफू संवेदनशील भएको उहाँले बताउनुभएको थियो । भेटका क्रममा अमेरिकाले साउदीसँग अन्य विषयमा पनि सहकार्य गर्न चाहेको बताउनुभएको थियो ।

उहाँले दुई देशबीचकाे सम्बन्ध सुधार गर्नका लागि आफू सकारात्मक रहेको समेत बताउनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् । टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा सन् २०१८ को अक्टोबरमा अमेरिकामा रहेका साउदी पत्रकार खशोग्गीको हत्या भएको थियो ।

सोही हत्यापछि विग्रिएको सम्बन्ध सुधारका लागि उहाँले साउदीको भ्रमण गरेसँगै सर्वत्र आलोचना समेत भएको छ । गुप्तचर निकायहरूले साउदी राजकुमारले खशोग्गीको हत्याको अनुमोदन गरेको भन्दै आचलोचना भएको छ । भेटमा राष्ट्रपति जाे बाइडेनले तेलको अन्तर्राष्ट्रिय बजार स्थिर बनाउने विषयमा पनि छलफल भएको बताउनुभएकाे छ ।