
सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकोशी गाउँपालिकामा सबै भन्दा बढी बेरूजु र सबै भन्दा कम थुलुङ दूधकोशी गाउँपालिकामा देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहमध्ये माप्यदूधकोशी गाउँपालिकाको सबै भन्दा बढी ९.३६ र थुलुङदुधकोशी गाउँपालिकाको सबै भन्दा कम १.४५ प्रतिशत बेरूजु देखिएको हो ।
प्रतिवेदनमा माप्यदूधकोशीको ६३ करोड ४० लाख ६ हजार रूपैयाँको लेखा परीक्षण गर्दा पाँच करोड ९३ लाख ३० हजार रूपैयाँ बेरूजु देखिएको छ । त्यस्तै, थुलुङ दूधकोशीको एक अर्ब चार करोड १२ लाख ५० हजार रूपैयाँको लेखा परीक्षण गर्दा १ करोड ५१ लाख ४७ हजार रूपैयाँ बेरूजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सोताङ गाउँपालिकाको पाँच करोड ३२ लाख ५२ हजार रूपैयाँ रकम बेरूजु पाइएको छ । ६८ करोड ६५ लाख ५२ हजार रूपैयाँको लेखा परीक्षण गर्दा ७.७६ प्रतिशत बेरूजु देखिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको ४ करोड १५ लाख ६६ हजार रूपैयाँ बेरूजु रहेको महालेखाले औँल्याइएको छ । ६५ करोड ८३ लाख १३ हजार रूपैयाँको लेखा परीक्षण गर्दा ६.६१ प्रतिशत रकम बेरूजु देखिएको हो ।
लिखुपिके गाउँपालिकाको २ करोड ६९ लाख ९५ हजार रूपैयाँ बेरूजु पाइएको छ । ५० करोड १ लाख ९१ हजार रूपैयाँको लेखा परीक्षण गर्दा ५.३१ प्रतिशत रकम बेरूजु देखिएको हो । नेचासल्यान गाउँपालिकाको २ करोड ९ लाख १ हजार रूपैयाँ बेरूजु पाइएको छ । ९१ करोड १२ लाख ९१ हजार रूपैयाँको लेखा परीक्षण गर्दा ३.२ प्रतिशत रकम बेरुजु देखिएको छ ।
महाकुलुङ गाउँपालिकाको २ करोड २१ लाख १० हजार बेरूजु देखिएको छ । जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डको ३ करोड २ लाख ४९ हजार रूपैयाँ रकम बेरूजु भएकाे पाइएको छ । १ अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखा परीक्षण गर्दा २.३२ प्रतिशत रकम बेरूजु देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्