८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


तेह्रथुमकाे आठराई गाउँपालिकामा बढी बेरुजु


1.222k
Shares

प्रकाश पाक्साँवा

तेह्रथुम । महालेखापरीक्षककाे कार्यालयले सार्वजानिक गरेको ५९ औं वार्षिक प्रगति प्रतिवेदनमा तेह्रथुम जिल्लाको ६ पालिकामध्ये छथर गाउँपालिका सबै भन्दा कम बेरुजु भएको उल्लेख गरेकाे छ ।

साेही प्रगतिप्रतिवेदनमा ० दशमलव ४४ प्रतिशत मात्रै बेरुजु भएको जनाएको छ । प्रतिवेदनमा सबैभन्दा धेरै आठराई गाउँपालिकामा बेरुजु रहेकाे छ । महालेखापरीक्षकले सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा १२ दशमलव ८४ प्रतिशत बेरुजु रहेकाे छ ।

त्यस्तै म्याङलुङ नगरपालिका ९ दशमलव ४२ प्रतिशत बेरुजु रहेको छ । मेन्छ्यायेम गाउँपालिकामा ६ दशमलव ८३ प्रतिशत बेरुजु रहेकाे छ । त्यस्तै लालीगुराँस नगरपालिका-४ दशमलव ४ प्रतिशत बेरुजु भएको देखिएको छ । फेदाप गाउँपालिका ३.दशमलव ७७ प्रतिशत बेरुजु भएको महालेखापरीक्षकले बेरुजुको अवस्थाबारे सर्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

स्थानीय निर्वाचन २०७४ को पहिलो आर्थिक वर्षमा सबैभन्दा धेरै बेरुजु पाइएको छथर गाउँपालिका महालेखापरीक्षकले सार्वजानिक गरेको २०७९ को प्रगति प्रतिवेदनमा जिल्लाकै कम बेरुजु भएको पालिका बनेको छ ।