
स्याङजा । स्याङ्जामा आधुनिक हाइपम्पबाट सिंचाई लिफ्टिङ आयोजना सुरु भएकाे छ ।
इन्धन तथा बिजुलीको प्रयोग बिना नै याे आयोजना सुरु गरिएको हाे । विश्वको दोस्रो र नेपालको पहिलो आधुनिक हाइपम्प प्रविधिबाट स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरुवात गरिएको हो । गल्याङ नगरपालिका-११ लबरकोटमा हाइपम्प प्रविधिबाट पानी लिफ्टिङ गर्न सुुरु गरिएपछि किसानहरु उत्साहित भएका छन् ।
खोला या नहरको पानीलाई पाइपको माध्यमबाट टर्वाइनमा खसाली गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी फाल्ने प्रविधिको प्रयोग कृषकका लागि अत्यन्त उपयोगी भएको छ । करिब १ सयदेखि १ सय ५० लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्ने यो प्रविधिले २ प्रतिशत हेक्टर जमिनमा सिंचाई गर्न सकिने भएकाे छ ।
पानीबाट पानी फाल्ने र बिना इन्धन सञ्चालन हुने हुँदा अन्य प्रविधि भन्दा फरक र सस्तो समेत रहेको छ । खेर गइरहेको पानीको सदुुपयोग गरेर मौसमी तथा बेमौसमी खेती गर्न सकिने कृषक बिमल खनालको भनाइ छ ।
बिजुली र इन्धनको प्रयोगबिना पनि पानी लिफ्टिङ हुन थालेसँगै बाँझो रहेका जमिनको समेत उपयोग हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्