१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चन्द्रागिरीमा लागुऔषधविरुद्ध अभियान


26
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ मा लागुऔषधविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम हुने भएको छ ।

युथ केयर फाउण्डेशनको कार्यालयमा प्रहरी वृत्त थानकोटले आयोजना गरेको छलफल कार्यक्रमले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

छलफलले चन्द्रागिरी नगरपालिकाका सम्पूर्ण वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको युथ केयर फाउण्डेशनका अध्यक्ष मधुसूदन सिजापतीले जानकारी दिनुभयो ।

फाउण्डेशनसँगै अन्य संस्थाले प्रहरीको सहकार्यमा नगरका विभिन्न स्थानमा लागूऔषधविरुद्ध जनचेतनामूलक बोर्ड राख्ने, घर–घरमा पुगेर पर्चा वितरण गर्ने, लागूऔषध प्रयोगकर्तालाई मनोसामाजिक परामर्श दिने लगायतका कार्यक्रम गर्ने छन् ।

विगत ५ वर्षदेखि लागूऔषध तथा दूर्व्यसनमा लागेकाहरूलाई परामर्श तथा उपचार गर्दै आएको युथ केयर फाउण्डेशनले स्कुले बालबालिका तथा युवाहरूमाझ सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।