
पर्वत । जिल्लामा करेन्ट लागेर एक जनप्रतिनिधिकाे मृत्यु भएको छ ।
जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दिपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो ।
घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पताल लगिएको छ । कपडा सुकाउने तारमा विद्युत् प्रवाह भएकोले मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
मृतक गुरुङका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्