२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनी शहरमा रुसकाे मिसाइल आक्रमण, कम्तिमा ३७ जनाको मृत्यु


1.027k
Shares

एजेन्सी । युक्रेनको दक्षिणी शहर निकोपोलमा रुसले पछिल्लो समय गरेको मिसाइल आक्रमणमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

थुप्रै घाइते भएका छन् । पछिल्लो तीन दिन लगातार भएको आक्रमणमा उनीहरूको मृत्यु भएको हो ।

शनिबार मात्रै रुसको लामो दूरीको क्रुज मिसाइलले युक्रेनको मध्य शहर डिनिप्रोमा अन्तरीक्ष रकेट प्लान्ट ध्वस्त बनाएको छ । जसमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा १५ जना घाइते भएका छन् ।

आक्रमणबाट नजिकैको आवासीय भवनमा क्षति पुगेको छ । पछिल्लो केही दिनयता रुसले युक्रेनमाथिको हमला तीब्र पारेको छ । उक्त हमलामा रुसले लामो दुरीसम्म मार हान्न सक्ने मिसाइलको प्रयोगलाई बढावा दिएको छ ।

रुसको निशानामा आवासीय भवन तथा महत्वपूर्ण क्षेत्रहरू परेका छन् । रुस–युक्रेन युद्ध सुरु भएको चार महिना बढी समय बितिसकेको छ भने हजारौं सेना र नागरिकले ज्यान गुमाएका छन् ।