१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वामपन्थी पार्टीहरूलाई तालमेलका लागि नारायणकाजी श्रेष्ठको आग्रह


221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरूलाई तालमेलका लागि आग्रह गर्नुभएको छ ।

मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरू तालमेल गरेर अघि बढ्नुपर्ने उहाँको तर्क थियो ।

नेपालमा बामपन्थीहरू मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरूबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुकनै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले सबै बामपन्थी नेताहरूले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटामा अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

नेता श्रेष्ठले आफैँ सिद्धिने बाटोबाट बच्न पनि बामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहोर्‍याउनुभयो ।

नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताउनुभयो ।