१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


ब्राजिलमा एकै दिनमा सबैभन्दा बढी ६ सयको मृत्यु, लकडाउन खोल्न राष्ट्रपतिको राज्यहरुमाथि दबाब


0
Shares

एजेन्सी, बैशाख २६ । ब्राजिलमा एकै दिन ६ सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लकडाउन खुलाउने उपायका विषयमा राजनीतिक विवाद गहिरिएका बेला एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ९ हजार नाघिसकेको छ । कोरोनाभाइरसबाट हालसम्म त्यहाँ एक लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ ।

अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलियनहरुले केही महिनाभित्रै खाद्यान्नको अभाव र सामाजिक अशान्ति सामना गर्नुपर्ने चेताएका छन् ।

विज्ञहरुले अझै धेरै मानिसको मृत्यु हुनसक्ने बताइहरेका बेला राष्ट्रपति बोल्सोनारु भने व्यापार, व्यवसाय, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द राख्ने राज्यहरूको निर्णयविरुद्धमा उभिएका छन् ।

ब्राजिलको सामूहिक चिहान