
एजेन्सी, बैशाख २६ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब १९ सय पुगेको छ । बिहीबार मात्रै भारतमा कोरोनाबाट १०६ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म १८९० जनाको मृत्यु भएको र ५६ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । सबैभन्दा धेरै महाराष्ट्रमा ६९४ जनाको मृत्यु भएको छ । यस्तै गुजरातमा ४२५ मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण भारतमा एक पत्रकारको पनि मृत्यु भएको छ । आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्