
सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले ५ सय ५० जनाको नि:शुल्क बिमा गराउने कार्यको सुरुवात गरेको छ।
गाउँपालिकाले यस आर्थिक वर्षको कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रका सीमान्तकृत,पिछडिएका वर्गका लागि नि:शुल्क स्वास्थ्य बिमाका वडाहरूमा बिमा गराउने कार्यको थालनी गर्न निर्देशन दिइएको हाे।
गाउँपालिकाले वडाबाट सिफारिस भएकाहरूकोप्रति परिवार ३५ सय रूपैयाँको दरले बिमा गर्ने प्रमुख प्रशासकीय अधिकृत माधव कुमार अधिकारीले जानकारी दिनुभयो ।
गोलन्जोर गाउँपालिका अन्तर्गत वडा नं १ बाट ९० परिवार, २ बाट ७० परिवार, ३ बाट ६५ परिवार, ४ बाट ९० परिवार, ५ बाट ७५ परिवार, ६ बाट १०० परिवार र ७ बाट ६० परिवारको बिमा हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्