१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गठबन्धनले भारतीय चलखेल बढाएकाे एमाले महासचिव पोखरेलको आरोप


533
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाउनुभएकाे छ ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमण त्यसकै उदाहरण भएको समेत दावी गर्नुभएको हाे । पोखरामा आज (आइतबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउन भनेर नेताहरू दिल्ली भ्रमणमा गएकाे बताउनुभयाे ।

उहाँले नेपालको राजनीतिक विषयमा बाहिर बसेर छलफल गर्नु राष्ट्रियहित र स्वाधिनताका लागि लाचारी भएको टिप्पणी समेत गर्नुभयो । उहाँले विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा भारतीय प्रतिनिधि रहने गरेको स्मरण समेत गर्नुभयाे। उहाँले सत्ता गठबन्धनले अहिले पनि त्यस्तै गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजस्वका दर हेरफेर गर्ने सल्लाहकारका रुपमा मन्त्रालयमा ल्याएको उहाँकाे भनाइ छ । उहाँले अर्थतन्त्र जस्तो संवेदनशील विषयमा त्यस्ता व्यक्ति सहभागी गर्दा राष्ट्रको शिर झुकेको समेत बताउनुभयाे ।