
पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने दावी गर्नुभएकाे छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आज (आइतबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले अब राजनीतिक ध्रुवीकरणको आवश्यकता भएकाे समेत औंल्याउनुभएकाे हाे । गठबन्धन एकप्रकारले संकटको व्यवस्थापन मात्र भएको र यसले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने उहाँकाे तर्क छ ।
उहाँले आगामी दिनमा धेरै दलहरू आवश्यक नरहेको पनि बताउनुभयो । एमालेले कुनै दलसँग एकीकरणको लागि आफूलाई खुला गरेको समेत उहाँले बताउनुभयाे । भन्नुभयो, ‘एमाले एकीकरणको लागि खुला छ। तर एकीकरण नाममा नीतिभन्दा बाहिर जाँदैन’।
मुलुकको संचित कोष नभएको भन्दै अहिलेको सरकार यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव समेत दिनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्