
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताउनुभएको हो ।
आइतबार काठमाडौंमा आयोजित चिकित्सा शाष्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षा अनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अतिआवश्यक रहेको पनि बताउनुभयो ।
नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सोही अनुसारको सेवा दिनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले चिकित्सा शाष्त्र अध्ययन संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले विशिष्टिकृत स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षा अध्ययन संस्थानको प्रयास, तयारी र योजनाको खुलेर प्रशंशा समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्