१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपसभामुख भुसालद्धारा पद तथा गोपनीयताको शपथ


0
Shares

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराउनु भएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तित्वको उपस्थिति थियो ।

भुसाल गएको शुक्रबार प्रतिनिधिसभा बैठकमा भएको मतदानबाट उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो ।