१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


करारका कर्मचारीको म्याद नथप्दा सोलुखुम्बुका स्वास्थ्य संस्था बन्द


624
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यहाँको अस्पतालसहित पाँच स्वास्थ्य संस्था बन्द भएका छन् ।

करारका कर्मचारीबाट मात्र सञ्चालनमा रहेको नेचासल्यान अस्पताल उनीहरुको म्याद थप नगर्ने निर्णय गरेसँगै बन्द भएका हुन् ।

अस्पताल सञ्चालक समितिका उपाध्यक्ष दोमराज बास्तोला र डा. अमनकुमार शाहले सूचना जारी गर्दै करार कर्मचारीको म्याद थप नहुने भएपछि अस्पताल बन्द रहने जानकारी गराएका छन् ।

कोभिड अस्पताललाई नेचासल्यान अस्पतालमा परिणत गरी सञ्चालित अस्पतालमा १ चिकित्सकसहित २ अहेव, १ अनमी, एक ल्याव असिष्टेन्ट र २ कार्यालय सहयोगी कार्यरत थिए ।

त्यस्तै, नेचा सल्यान १, ४ र ५ मा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि अर्को व्यवस्था नहुन्जेलसम्म बन्द हुने भएका छन् । यी सबै स्वास्थ्य संस्थामा २७ जना करारका स्वास्थ्यकर्मी कार्यरत थिए ।