१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्यो


117
Shares

सोलुखुम्बु । कोरोना संक्रमण कम हुँदै जाँदा सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा वृृद्धि भएको छ ।

दुई वर्षसम्म कोरोना शून्य कोरोना संक्रमित रहेको खुम्बु क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशत भन्दा बढीले पर्यटककको आगमनमा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२ प्रतिशतले पर्यटक आवागमन बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७७/०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको खुम्बुक्षेत्रमा ०७८/०७९ मा २६ हजार ४ सय ७४ जनाले भ्रमण गरेका छन् ।

जुन संख्यात्मक हिसाबले २२ हजार १ सय ३९ जनाले बढी हो । जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कात्तिक र फागुनदेखि बैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । खुम्बुक्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।