
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषद्को आगलागी भएको गोदाम घरको अवलोकन गर्नुभएको छ ।
आइतबार गृहमन्त्री खाँणले समाज कल्याण परिषद्को आगलागी भएको गोदामको अवलोकन गर्नुभएको हो । आगलागी भएको गोदामको अवलोकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री खाँणले परिषद्लाई चाँडै सरकारले सामग्रीहरु हस्तान्तरण गर्ने बताउनुभयो ।
उहाँले कसरी आगो लाग्यो भन्ने बारेमा वास्तविकता पत्ता लगाइ राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको माध्यमबाट परिषद्लाई जलेका सामग्रीहरु दिने बताउनुभयो । गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट नै परिषद्को सामग्री व्यवस्थापन गरेर जलेर नष्ट भएका सामग्रीहरु परिषद्लाई चाँडै हस्तान्तरण गर्ने कार्ययोजना रहेको बताउनुभयो ।
गत बिहीबार समाज कल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम घरमा आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्