१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभाको बैठक आज बस्दै


130
Shares

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज (साेमबार) दिउँसो १ बजे बस्ने भएकाे छ ।

साेमबार बस्ने साेही बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले ‘शपथसम्बन्धी विधेयक, २०७८’ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

त्यस्तै, खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उहाँले नैं उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे छ ।