२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने


13
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने भएको छ ।

प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिकोे बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसअघि असार २९ गते बसेको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगित भएको थियो ।