१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनाङमा ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालनमा


130
Shares

काठमाडौं । मनाङमा ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालनमा आएको छ ।

सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने भएको हो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी प्रसारण लाइनमार्फत निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो ।

हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । विद्युत आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो ।

बाढीले क्षति पुर्‍याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो ।