१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लाङटाङमा बढ्यो पर्यटकको संख्या


26
Shares

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ ।

कोरोनाको कारण लामो समयसम्म सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको हो ।

गएको एक वर्षमा निकुञ्जमा १८ हजार भन्दा बढी पर्यटकको आगमन भएको छ । जसमा सबैभन्दा बढी नेपाली छन् । कोरोनाको कारण विदेशी पर्यटकको आगमन कम हुँदा नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

गत साउनदेखि असार मसान्तसम्ममा १५ हजार ६ सय ३९ नेपाली पर्यटक आएका निकुञ्जले जनाएको छ ।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुन्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् ।

असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमश्रृंखला, गोसाइँकुण्डसहित विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ ।