१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


इजरायलमा सरकार बनाउन फेरि नेतान्याहुलाई नै अवसर


0
Shares

एजेन्सी, बैशाख २७ । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठन गर्न फेरि अवसर दिइएको छ ।

राष्ट्रपति रेउभेन रिभ्लीनले प्रधानमन्त्री नेतान्याहुलाई संसदमा भएको अर्को दलसँग पनि मिलेर संयुक्त सरकार बनाउन अवसर दिएका हुन् ।

प्रधानमन्त्रीलाई नयाँ सरकार बनाउन दुई हप्ताको समय दिइएको छ । गत बिहीबार मात्र इजरायली संसदले नयाँ सरकार गठन गर्न सजिलो हुने नयाँ व्यवस्था गरेर दुई कानुन संशोधन गरेको थियो ।

उनले विपक्षी दलका नेता तथा आफ्ना प्रतिस्पर्धी बेन्नी गान्जको ब्लु एन्ड ह्वाईट पार्टीलगायतसँग शक्ति बाँडफाँड गरेर सरकार बनाउने तयारी गरेका बेला राष्ट्रपतिले बाटो खोलिदिएका हुन् ।

इजरायली इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुमाथि केही समय अगाडि केही अनियमिततासम्वन्धी आरोप लागेको थियो ।