
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले संवादमार्फत गठबन्धन गर्नेबारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसो भन्दै गर्दा कांग्रेसले गठबन्धनको नेतृत्व गरेको स्मरण पनि गराएको छ । उसले स्थानीय निर्वाचनमा आएको परिणामप्रति सन्तुष्टी व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्