
स्याङ्जा । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन वितरण गरिएको छ ।
कृषकहरुका माग अनुसारका कृषि औजार र अन्य सामाग्री बितरण गरिएको जनाइएको छ ।
वास्तविक कृषकहरुलाई सहयोग गरी उत्पादन बढाउने उद्देश्यले कृषि सामाग्री हस्तान्तरण गरेको वालिङ नगरपालिकाका उपप्रमुख कविता गैह्रेले जानकारी दिनुभयो ।
विभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४० जना कृषकलाई टनेल, एक समूहलाई कम्वाईन मिल, ठेला लगायतका सामाग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्