१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूमिगत पार्किङलाई व्यवस्थित बनाउने ट्राफिक प्रहरीकाे याेजना

काठमाडाैंका २२ स्थानमा चौबिसै घण्टा चेकिङ हुने

117
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको भूमिगत पार्किङलाई व्यवस्थित बनाउने योजना अघि सारेको छ । महानगरीय ट्राफिक कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

राजधानीको मुख्य क्षेत्रमा रहेका भूमिगत पार्किङ गोदाम र कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याएको पाइएको भन्दै यसलाई व्यवस्थित गर्नसके राजधानीको पार्किङको समस्यामा कमी आउने कार्यालयको दाबी छ ।

पत्रकार सम्मेलनमा महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले काठमाडौं उपत्यकाभित्रको सवारी चेकिङलाई थप कडा बनाइने पनि बताउनुभयो ।

अबदेखि काठमाडौंका २२ स्थानमा २४ सै घण्टा चेकिङ हुने र यसका लागि जनशक्ति समेत परिचालन गरिसकिएको पनि प्रमुख चौधरीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एक वर्षभित्र कारबाहीमा परेका सवारीसाधन र चालकका बारे विवरण पेश गरिएको थियो ।