७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कविताः वर्तमानको नेपाल चित्रण


0
Shares

           वर्तमानको नेपाल चित्रण


                     १
दक्षिणी छिमेकी जग्गा मिचेर सडक बाटाे बनाउँछ,
उत्तरी मित्र कानुन मिचेर प्रहरीलाई मुक्का बर्साउँछ,
सरकार सांसद अपहरणकाण्डमा संसदहुँदै जग हसाउँछ ।
                    २
राजनीतिमा नाङ्गो नाच्ने भारत भित्रभित्रै सीमा सकाउँछ,
शान्त कूटनीतिका प्यारा चीन दलभित्र कै मुद्दा मिलाउँछ,
राष्ट्रवादकाे नारामा चुनाव जित्ने दलकाे हरे, बाेली बिलाउँछ ।।
                    ३
विपक्षी त थपना न हाे, न आज सुनिन्छ, भाेलि केपाे देखिन्छ ?
राजनीति त भुलभुलैया हाे हजुर, यस्तै गरी गरी राेटी सेकिन्छ,
काेराेना कहर अवसर हाे, राज्यकाेष मिलाई मिलाई लूटिन्छ ।।।
                    ४
ढुकुटी चुसीचुसी लुछिन्छ, विराेधीलाई अरिंगाल लगाई डसिन्छ
सरकारकाे आलाेचकलाई साईबर कानूनकाे फन्दामा कसिन्छ,
विकास र जनहित देखाउने कुरा हुन्, मरूञ्जेल सत्तैमा बसिन्छ
सरकार यस्तै छ, न त सहिन्छ, नबाेलून् अरू एक्लैपनि बाेलिन्छ।।।।

राजन कुईंकेल